६ असार २०८२, शुक्रबार

अष्ट्रेलिया नेपाली कम्युनिटीकाे अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ निर्वाचित

प्रकाशित मिति :  31 March, 2025 9:12 pm


काठमाडौँ । अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। सोमबार सम्पन्न निर्वाचनमा ७० मत प्राप्त गर्दै उनले नेतृत्व हात पारेका हुन्। उनका प्रतिस्पर्धी उद्धव पोख्रेलले ४५ मत र अर्का उम्मेदवारले २ मत प्राप्त गरेका थिए।

नयाँ कार्यसमितिमा हेमन लमिछाने उपाध्यक्ष, सहनशिला श्रेष्ठ महिला उपाध्यक्ष, दीपेन्द्र घिमिरे महासचिव, वसन्त पाण्डे सचिव, जनक प्रधान कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै, कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी, सकिना थापा, नवराज तिमिल्सिना, श्रीधर आचार्य, रिवाज मैनाली, युवराज घिमिरे, पुजन गड्तौला, नविन चौलागाईं, बिमर्श पाण्डे, विवेक ओझा र क्रिशम खड्का निर्वाचित भएका छन्।

नव-निर्वाचित अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर नेपाली कला-संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्ने योजना रहेको बताए। “प्रवासमा रहेका नेपाली समुदायलाई एकतामा राखी सधैँ एकजुट हुनुपर्छ भन्ने अभियान चलाउनेछु,” श्रेष्ठले भने।

श्रेष्ठ सुनसरी इटहरी उपमहानगरपालिका-२० का हुन्। उनी सात वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् र कन्सट्रक्सन क्षेत्रमा कार्यरत छन्। श्रेष्ठ अष्ट्रेलिया एनआरएनका सदस्य समेत हुन्।



प्रतिक्रिया दिनुहोस !