८ जेष्ठ २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा २ सय ७९ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  10 June, 2020 4:37 pm


काठमाडौं, २८ जेठ ।

पछिल्लो २४ घण्टामा २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नयाँ संक्रमितबारे पुष्टि गरेका हुन् । यो संगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको ।

पछिल्लो पटक भेटिएका कोरोना संक्रमित मध्य मोरङका -८ जना, झापाका -५जना, चितवनका २ जना, उदयपुरका-१ जना, नवलपुरका-१ जना, सर्लाहीका-२ जना, कपिलवस्तुका-४८ जना, नवलपरासीका-५ जना, पाल्पाका- १२ जना, प्यूठानका ६ जना रहेका छन् ।

त्यस्तै रुपन्देहीमा ७ जना, बाँकेमा ३ जना, बर्दियामा १ जना, सप्तरीमा ६ जना, दैलेखमा २५ जना, जाजरकोटमा ९ जना संक्रमित भएका छ । त्यस्तै दार्चुलामा १ जना, कैलालीमा १२ जना, कञ्चनपुरमा-२ जना, डडेल्धुरमा-१ जना, सर्लाहीमा १० जना, धादिङमा १६ जना संक्रमित भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै धनुषामा ११ जना, गोरखामा ४ जना, नुवाकोटमा १ जना, रौतहटमा ५३ जना, सर्लाहीमा १५,सिन्धुपाल्चोकमा-२ जना,सिराहामा १ जना, उदयपुरमा ३ जना कोरोना संक्रमित बनेको प्रवक्ता गौतमको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !