सांसद कार्कीको आरोपः मन्त्रीज्युहरू आएर संसदमा भिडियो गेम खेलेर बस्छन्

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरू संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो अरोप लगाएकी हुन् । उनले संसद ढाँट्ने थलो रहेको महशुस भएको बताइन् । उनले संसद आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको भन्दै संसद जत्तिको निरस ठाउँ अरू नरहेको बताइन् ।
उनले बोल्ने तर बोलेका कुराहरू नसुन्ने ठाउँ संसद रहेको भन्दै सरकारले जनतालाई सांसदहरूमार्फत ढाँट्ने गरेको बताइन् । मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको बताइन् ।
सांसद कार्कीले सरकार निरंकुश भइरहेको बताउनु भयो । संविधानको धारा २७० निलम्वित भएको हो ? भन्दै प्रश्न गरिन् । सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न गरिन् । संसदीय व्यवस्थालाई पुनःविचार गर्नुपर्ने समय आएको बताइन् ।