१२ श्रावण २०८१, शनिबार

पूर्वमन्त्री आलम जेल चलान

प्रकाशित मिति :  15 November, 2019 6:12 pm


रौतहट । राैतहटकाे राजपुर बम कान्डका अभियुक्त नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

रौतहट । राैतहटकाे राजपुर बम कान्डका अभियुक्त नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

थुनछेकको बहसपछि न्यायाधीश दिपक ढकालकाे ईजलासले आलमलाई थुनामा  राख्न आदेश दिएकाेे हाे। उनलाई जिल्ला कारागार रौतहटमा राख्ने आदेश दिइएको जिल्ला अदालत रौतहटका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अाराेपमा आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको थियो। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए। पछिल्लो पटक पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वोच्च अदालतले के कारणले पक्राउ नगरेको भन्दै पत्र लेखेपछि प्रहरीले उनलाई असोज २६ गते पक्राउ परेको थियो।



प्रतिक्रिया दिनुहोस !