६ जेष्ठ २०८१, आइतबार

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  14 June, 2020 2:53 pm


सुर्खेत, ३२ जेठ । 

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये सुर्खेतका १५ जना र दैलेखका ३७ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कर्णाली प्रदेशमा संक्रमितको संख्या ९६७ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !