१७ बैशाख २०८१, सोमबार

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार २३ पुग्यो

प्रकाशित मिति :  14 June, 2020 5:45 pm


जनकपुरधाम, ३२ जेठ । 

पछिल्लाे २४ घण्टामा थपिएका १ सय १० संक्रमितसँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार २३ पुगेको छ।

२४ घण्टामा प्रदेश २ को रौतहट, बारा, सर्लाही, पर्सा र धनुषामा संक्रमित थपिएका छन्। हालसम्म प्रदेश २ को सबैभन्दा बढी संक्रमित रहेको रौतहटमा जम्मा ७ सय ४४ जनाामा कोराना संक्रमण पुष्टि भएको छ भने सर्लाहीमा ४ सय ८८ जनमा संक्रमण देखिएको छ।

यस्तै महेत्तरीमा १ सय ८८ जना, पर्सामा १ सय ४१ जना, धनुषामा १ सय ६० जना, सिरहामा ७३ जना, सप्तरीमा १ सय २९ जना, बारामा ९७ जना र अन्य तीन भारतीय गरी कुल २ हजार २३ जनमा कोराना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ ।

प्रदेश २ को विभिन्न जिल्लाहरूमा ४ सय ६२ जना कोरानालाइ जितेर उपचार पछि घर फर्किसकेका छन् भने मूत्यु हुनेको संख्या२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !