८ जेष्ठ २०८१, मंगलबार

देशभर ४५१ जना कोरोना संक्रमित थपिए,कूल संख्या ६२११ पुग्यो

प्रकाशित मिति :  15 June, 2020 4:35 pm


काठमाडौं,१ असार ।

देशभर ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६ जनामा पीसीआर परीक्षण गर्दा ४ सय ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टा ६७ जना कारोना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ हजार ४१ जना संक्रमित निको भएर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए । देशभर १ लाख ३३ हजार ८ सय २९ जनामा पीसीआर परीक्षण भएको छ ।

५ हजार १ सय ५१ आईसोलेशनमा उपचार गराईरहेका छन् । संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !