१९ मंसिर २०८२, शुक्रबार

संघीय संसद्मा औद्योगिक सम्पत्ति र भन्सार विधेयकमाथि छलफल हुँदै

प्रकाशित मिति :  6 August, 2025 9:02 am


फाइल फाेटाे।

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ ।

आजै संसदअन्तर्गतका विभिन्न समितिहरूको बैठकसमेत बस्ने भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयमा समसामयिक छलफल हुने कार्यसूची छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि दफावार छलफल हुने जनाइएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ का विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

संसद्मा आजका बैठकहरूले औद्योगिक नीति, भन्सार व्यवस्थापनदेखि जलस्रोत र भूमि व्यवस्थासम्मका विषयमा गहन बहस हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !