माओवादी केन्द्रको आरोपः लिचीबारी जग्गा प्रकरणमा मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवद्र्धनमा असफल भएको आरोप लगाए।
उनले पोखराको लिचिबारी जग्गा प्रकणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपिलाई संरक्षण गर्ने काम भइरहेको पनि आरोप लगाए । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैं तयार रहेपनि सरकार भ्रष्टाचार र अनियमितता गर्नमै व्यस्त रहेको उनको आरोप छ ।
उनले लोकप्रियतावादको विरोध गरेर मात्र केही उपलब्धि नहुने भन्दै सरकारलाई व्यवहारिक सुधार र परिणाममुखी कार्यमा ध्यान दिन आग्रह गरे ।








