१९ मंसिर २०८२, शुक्रबार

आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै हुने सचिव सिग्देलकाे दाबी

प्रकाशित मिति :  8 August, 2025 11:03 am


काठमाडाैँ । शहरी विकास मन्त्रालयका सचिव गषेपालप्रसाद सिग्देलले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नको लागि आधारअनुसार म्याद थप गरिएको बताएका हुन् ।

उनले अहिले समयमै काम सक्नका लागि जनशक्ति, निर्माण सामग्रीहरुसहित कार्यतालिका बनाएर अघि बढिरहेको जिकिर गरे। नयाँ संसद भवनको सम्पूर्ण काम सक्ने समय पुसको पहिलो दिन भएपनि दोस्रो हप्तासम्म परीक्षणहरु समेत सकिनुपर्ने जिकिर गरे । संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गरिने बताए ।

अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन पनि असोजको दोस्रो साता काम सकिने बताए । प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिने र राष्ट्रिय सभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिने बताए ।

सविच सिग्देलले सवारी साधन पार्किङ पति पुसको दोस्रो साता पूरा हुने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !