१४ बैशाख २०८१, शुक्रबार

तत्कालिन कप्तान थापासहित ६ जनालाई म्याच फिक्सिङको मुद्धामा सर्वोच्चद्धारा सफाई

प्रकाशित मिति :  16 June, 2020 5:14 pm


Suspended skipper Sagar Thapa talks to media persons upon his arrival at the Special Court in Babarmahal on Tuesday, October 27, 2015. Photo: Udipt Singh Chhetry/ THT

काठमाडौं,२ असार ।

नेपाली फुटबल क्षेत्रलाई स्तब्ध पर्ने गरि म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोप लागेर राज्यविरुद्ध अपराधको मुद्दा खेपेका तत्कालिन राष्ट्रिय टोलीका कप्तानसहित ६ जनाले सर्वोच्च अदालतबाट सफाई पाएका छन् ।

तत्कालिन राष्ट्रिय टोलीका कप्तान सागर थापा, राष्ट्रिय टोलीका सदस्यविकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई तथा प्रशिक्षक एवं पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सर्वोच्च अदालतबाट आज सफाई पाएका हुन् ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। ६ जनालाई नै विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएपनि फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानगरीय अपराध महाशाखाको प्रमुख रहेका बेला प्रहरीले ६ जनालाई म्यास फिक्सिङको आरोपमा २०७२ असोज महिना पक्राउ गरेको थियो । पक्राउपछि उनीहरु विरुद्ध २०७२ कात्तिक २२ गते विशेषमा मुद्दा दायर गरिएको थियो।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले आधार नभेटिएको भन्दै सफाइ दिएको थियो । तर सरकारी पक्ष सर्वोच्च अदालत गयो ।

उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका अन्तराष्ट्रिय प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

उनीहरुमाथी उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेर प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। तर अदालतमा पुष्टि नभएपछि उनीहरुले सर्वोच्च अदालतबाट पनि सफाई पाएका छन् ।
पाँचै पूर्व खेलाडीलाई फुटबलको सर्वोच्च निकाय फिफाले भने आजीवन प्रतिबन्ध लगाएको छ ।

सर्वोच्चबाट सफाई पाएपछि पूर्व कप्तान सागरले फेसबुकमा खेलेका छन्, सत्यको जित भयो सम्मानित सर्वोच्च अदालतबाट पनि । न्याय पाइएकोमा आज समय, मेहनत, परिश्रमको मुल्याङकन कसले गर्दिने, सरकारले, एन्फाले ?



प्रतिक्रिया दिनुहोस !