१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री ओली लक्षित माधव नेपालको कटाक्षः १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन

प्रकाशित मिति :  8 August, 2025 4:37 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेकाे भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने कटाक्ष गरे।

केही समय अघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए। सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्प्णी गरेका हुन्। अध्यक्ष नेपालले संसारमा असम्भव भन्नेकुरा केही पनि नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !