१९ मंसिर २०८२, शुक्रबार

राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन, पार्टीको निर्णय चित्त नबुझे महाधिवेशनबाट नेतृत्वमाथि चुनौति दिनुस्: अध्यक्ष लिङदेन

प्रकाशित मिति :  10 August, 2025 5:14 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् ।

अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पारेका हुन्। उनले राप्रपा अब कहिल्यै विभाजन नहुने बताए । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसको केही अवशेषहरू अझै भएपनि अब त्यो सम्भावना नरहेको उनको दाबी छ । 

उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताए । चित्त नबुझेका विषयहरू पार्टीका समितिहरूमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्र्षलाई सबैले मानेर जानुपर्ने बताए । पार्टीका समितिहरूमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथी नै चुनौती दिन सकिने उनको भनाइ छ । तर पार्टीको आन्तरिक विषयहरु सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न नहुने उनले बताए । 

उनले असन्तुष्ट पक्षहरूले अध्यक्षले विद्यान विपरित काम गरेको भन्ने आरोपको खण्डन पनि गरेका छन् । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरू हेरफेर गरिएको उनकाे दाबी छ । विधानले अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनकाे भनाइ छ । 

नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताए । राप्रपाले निरन्तर रूपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उनले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताए । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमीलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उनकाे दाबी छ । 

उनले राजसंस्था पुनःस्थापना पक्षधरहरु पनि एकजुट हुँदै गएको बताए। गत जेठ १५ गते राजसंस्था पक्षधहरुले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एकठाउँ उभिएको संकेत गरेको उनको दाबी त । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिएपनि एउटा सकरात्मक सन्देश प्रवाह गर्न आफूहरु सफल भएको उनकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !