राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला अधिवेशन स्थगित
प्रकाशित मिति : 13 August, 2025 2:38 pm
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला अधिवेशन स्थगित भएको छ ।
बुधवार काठमाडौँस्थित एक होटलमा अधिवेशन हुने कार्यक्रम थियो । संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच नाराबाजी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गरे ।
अध्यक्ष लिङदेन पनि कार्यक्रममा सहभागी हुन पुगेका थियो तर अधिवेशन हुने स्थिति नबनेपछि घटनाको छानविनपछि मात्रै अधिवेशन हुने घोषणा गरे ।
अधिवेशन हुन नदिने र बाहुबल प्रयोग गर्ने प्रयासलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । अध्यक्ष लिङदेनले युवाहरू पार्टीको उत्तराधिकारी भएकाले सोही आचरणअनुसार काम गर्न पनि निर्देशन दिए ।








