१९ मंसिर २०८२, शुक्रबार

डिजिटल माध्यमको सही उपयोगका लागि नागरिकलाई सुसूचित गर्नुपर्छ-महामन्त्री शर्मा

प्रकाशित मिति :  14 August, 2025 1:15 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीबार आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको उद्घाटन सत्रमा बोल्दै उनले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवनसम्म समाप्त हुने घटना देखिएको भन्दै यसबाट सचेत रहनु अपरिहार्य भएको बताए ।

“डिजिटल माध्यमका कारण समाजमा अप्ठ्यारो परेको अवस्था पनि छ । यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य हो। पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !