१९ मंसिर २०८२, शुक्रबार

स्राेत नखुलेको नगद र बुद्धचित्त माला सहित दुई चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति :  14 August, 2025 2:20 pm


काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले स्राेत नखुलेको नगद र बुद्धचित्त माला सहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुधाबार दिउँसो १ बजे काठमाडौँ महानगरपालिका वडा नम्बर २६ ठमेलस्थित झिनक्सिन अन्तर्राष्ट्रिय होटेलमा अवैध कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले छानबिन थालेको थियो। सो क्रममा होटेलको कोठा नम्बर ४०४ र ६०३ मा बसिरहेका दुई जना चिनियाँ नागरिक शंकास्पद अवस्थामा फेला परे।

तलासीका क्रममा उनीहरूको साथबाट ११५.६५ केजी बुद्धचित्त माला र रुपैयाँ १२ लाख ७० हजार नगद बरामद गरिएको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

पक्राउ परेका व्यक्तिहरूमा लीउ जिन्ग्ताओ ४६ वर्ष, पासपोर्ट नम्बर इएम ७५६५५९६ र लीउ सियाओशुयी २३ वर्ष, पासपोर्ट नम्बर इके८५६७६५७ हुन् ।

बरामद सामग्रीमा तीन वटा मोबाइल, दुई वटा पासपोर्ट, नगद र बुद्धचित्त माला रहेका छन्।



प्रतिक्रिया दिनुहोस !