१९ मंसिर २०८२, शुक्रबार

रास्वपाको दाबीः दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहनुभएको छ

प्रकाशित मिति :  14 August, 2025 6:32 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् । उनकाअनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ ।

बिहीवार पार्टी प्रवेश गर्नेहरू सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भइ सेवानिवृत्त भएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त हुनुभएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गर्नुभएको बताए ।

त्यस्तै शोभा जोशी,मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भइ काम गरिसकेका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेकाे बताए । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !