१९ मंसिर २०८२, शुक्रबार

विद्यालय–विश्वविद्यालय बन्द गर्न नपाउने प्रावधान विधेयकमा लेख्न सांसद श्रेष्ठको माग

प्रकाशित मिति :  21 August, 2025 2:12 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनैपनि कारण देखाई बन्द गर्न नपाइने व्यवस्था विधेयकमै स्पष्ट उल्लेख गर्नुपर्ने माग गरेका छन् ।

सिंहदरबारमा बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै उनले यस्तो सुझाव दिएकी हुन् ।

सांसद श्रेष्ठले शिक्षकहरुको हकमा बन्द–हड्ताल गर्न नपाइने प्रावधान राखिएको भएजस्तै निजी विद्यालय र विश्वविद्यालयका हकमा पनि बन्द, तालाबन्दी वा अवरोध गर्न नपाइने व्यवस्था आवश्यक रहेको बताइन् । उनले भनिन्, “विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने भन्ने कुरा अन्त्य हुनुपर्छ । विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाइँदैन, जुनसुकै कारण भए पनि ।”

यससँगै सांसद श्रेष्ठले संविधानले तोकेको अनिवार्य निःशुल्क शिक्षा सबैले पाउनुपर्नेमा पनि जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस !