१९ मंसिर २०८२, शुक्रबार

जेन जी आन्दाेलनमा स्वार्थ समूहकाे घुसपैठ भयो-गृह मन्त्रालय

प्रकाशित मिति :  9 September, 2025 7:58 am


काठमाडौँ । गृह मन्त्रालयले सोमबार जेन–जी पुस्ताले गरेको प्रदर्शनका क्रममा देशभर देखिएका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा प्रदर्शनका क्रममा काठमाडौँसहित अन्य जिल्लामा भएको घटनाप्रति समवेदना प्रकट गर्दै परिवारजनसँग सहानुभूति व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ कि प्रदर्शनमा विभिन्न स्वार्थ समूहबाट घुसपैठ भइ हिंसात्मक गतिविधि बढेकोले दुःखद् परिस्थिति सिर्जना भएको प्रारम्भिक निष्कर्ष मन्त्रालयको छ । यसैबीच घाइते भएका प्रदर्शनकारी तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको पनि उल्लेख गरिएको छ ।

गृह मन्त्रालयले थप आह्वान गर्दै भनेको छ-परिस्थितिलाई स्वार्थसिद्धिका लागि प्रयोग गर्ने व्यक्ति वा समूहप्रति सचेत रहँदै, सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज र सरोकारवालाले संयमता र धैर्यता अपनाएर शान्ति कायम राख्न आवश्यक छ ।

मन्त्रालयले सबै पक्षलाई आग्रह गरेको छ कि असामान्य परिस्थितिमा पनि शान्तिपूर्ण ढंगले आफ्नो दृष्टिकोण व्यक्त गरियोस् र सामाजिक सौहार्द कायम रहोस् ।



प्रतिक्रिया दिनुहोस !