जेन–जी प्रदर्शनपछि माओवादी केन्द्रले सिंहदरबारमा बैठक बोलायो
प्रकाशित मिति : 9 September, 2025 8:45 am
काठमाडौँ । सोमबार काठमाडौँमा भएको जेन–जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले दिएको जानकारीअनुसार बैठक मंगलबार बिहान साढे ८ बजेदेखि सुरु हुनेछ । बैठकमा माओवादी केन्द्रका नेताहरुको सहभागिता हुने छ भने विपक्षी दलका केही नेताहरुलाई पनि सहभागी गराउन बोलाइएको छ ।
सचिवालयले बैठकमा प्रदर्शनपछि उत्पन्न अवस्था, जनसुरक्षा र आगामी राजनीतिक तथा प्रशासनिक कदमबारे छलफल हुने जनाएको छ ।








