रास्वपाले बाेलायाे भर्चुअल बैठक
प्रकाशित मिति : 10 September, 2025 5:34 pm
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज राति ८ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने भएको छ।
पार्टीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो।
बैठकमा पछिल्ला राजनीतिक गतिविधि र पार्टीको आगामी रणनीतिबारे केन्द्रित छलफल हुने पार्टी स्रोतले जनाएको छ।








