६ जेष्ठ २०८१, आइतबार

सुदूरपश्चिममा २४ घण्टामै २१४ कोरोना भाइरस संक्रमित थपिए

प्रकाशित मिति :  18 June, 2020 5:12 pm


कैलाली, ४ असार । 

सुदूरपश्चिममा आज २४ घण्टामा २१४ जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी थप २१४ जनामा कोभिड-१९ पृष्टि भएको हो ।

संक्रमितहरू  कैलाली, अछाम, बैतडी, डडेल्धुरा र बाजुरा जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कैलालीमा २ महिला  र १९  पुरुष २१ जना , अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना,  डडेल्धुरामा ७ महिला र ७७ पुरूष गरी ८४ जना,  बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो।



प्रतिक्रिया दिनुहोस !