विधिको शासनबाट बाहिर जान हुँदैन : सभामुख घिमिरे र अध्यक्ष दाहाल
प्रकाशित मिति : 12 September, 2025 1:29 pm
काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले मुलुकमा विद्यमान विषम परिस्थितिको समाधान संवैधानिक प्रक्रियाबाटै खोजिनुपर्ने बताएका छन् ।
शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुवै सभामुखले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै राष्ट्रपतिले गरिरहेको पहलप्रति समर्थन जनाएका छन् । उनीहरूका अनुसार विधिको शासन र संविधानवादबाट बाहिर गएर निकास खोज्नु मुलुकको हितमा हुँदैन ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाबाट भएको जनधनको क्षतिप्रति संघीय संसद्ले गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।








