१९ मंसिर २०८२, शुक्रबार

शीतलनिवासमा नयाँ सरकार गठनको तयारी : कार्की आजै शपथ लिन तयारी

प्रकाशित मिति :  12 September, 2025 7:56 pm


काठमाडौँ । नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी तीव्र बनेको छ ।

स्रोतका अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहणको कार्यक्रम तथा त्यसलगत्तै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकका निर्णयसम्बन्धी मस्यौदाको गृहकार्य भइरहेको छ ।

सरकार गठन र मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् । सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भए पनि सदस्यहरूको नाम भने गोप्य राखिएको छ ।

यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख पनि शीतलनिवास पुगेका छन् । आन्दोलनरत जेनजी प्रतिनिधि, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसहितको बैठक केहीबेरअघि टुंगिएको छ । अहिले शीतलनिवास बाहिर सूचनाकर्मीको बाक्लो भीड देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !