१९ मंसिर २०८२, शुक्रबार

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण-महासचिव पोखरेल

प्रकाशित मिति :  12 September, 2025 8:16 pm


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फको अग्रसरतालाई विडम्बनापूर्ण भनेका छन् ।

पोखरेलका अनुसार, विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरूले अहिले आफै संसद् विघटनको बाटो रोज्नु विरोधाभाषपूर्ण विषय हो ।

“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,” पोखरेलले भने ।



प्रतिक्रिया दिनुहोस !