नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
सरकारलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्रदान
प्रकाशित मिति : 12 September, 2025 9:53 pm
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेकी छिन् । शीतलनिवासमा शुक्रबार राति आयोजित विशेष समारोहमा उनले प्रधानमन्त्रीको शपथ लिएकी हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।








