१९ मंसिर २०८२, शुक्रबार

प्रतिनिधिसभा विघटन असंवैधानिक-एमाले

प्रकाशित मिति :  13 September, 2025 5:48 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसप्रति असहमति जनाएको छ ।

एमालेले शनिबार जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ कि राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि सोही दिन गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको छ ।

पार्टीले भनेको छ, “विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय सर्वोच्च अदालतले गरिसकेको छ ।”

यस अनुसार राष्ट्रपतिबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेको एमालेले स्पष्ट पारेको छ । एमालेले प्रतिनिधिसभा विघटनपछि संवैधानिक रिक्तता र राजनीतिक जटिलता उत्पन्न हुने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !