१९ मंसिर २०८२, शुक्रबार

दाङमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

प्रकाशित मिति :  13 September, 2025 7:38 pm


दाङ । दाङमा भोलि आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । आज शनिबार प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्लाका सुरक्षा प्रमुख तथा निजी विद्यालय सञ्चालक सङ्गठन (प्याब्सन) प्रतिनिधिबीच भएको छलफलपछि विद्यालय खोल्ने निर्णय गरिएको हो ।

बिहान प्रजिअ, सुरक्षा निकायका प्रमुख र प्याब्सनबीच विद्यालय सञ्चालनका लागि सहजीकरणबारे छलफल भएको थियो भने बेलुका प्रजिअ तथा सुरक्षा प्रमुखहरूबीचको पुनः छलफलले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णयलाई टुंगो लगाएको हो । प्रमुख जिल्ला अधिकारी अर्यालले विद्यालय सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए ।



प्रतिक्रिया दिनुहोस !