१९ मंसिर २०८२, शुक्रबार

आन्दोलनका नाममा भएका गतिविधि ‘प्लान वे’ देखिन्छन्- प्रधानमन्त्री कार्की

प्रकाशित मिति :  14 September, 2025 12:19 pm


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने संकेत गरेकी छन् ।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले आन्दोलनका नाममा भएको गतिविधि ‘प्लान वे’ वा षड्यन्त्रै भएको हो कि भन्ने आशंका गरिएको बताइन् ।

प्रधानमन्त्री कार्कीले यसबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने उल्लेख गरिन् । उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्सलगायतका सरकारी कार्यालयमा गरिएको आगजनी र तोडफोडलाई लज्जास्पद घटनाको संज्ञा दिँदै यस्ता गतिविधि स्वीकार्य नहुने बताइन् ।



प्रतिक्रिया दिनुहोस !