१९ मंसिर २०८२, शुक्रबार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  15 September, 2025 1:28 pm


काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

अर्याललाई गृहसँगै कानुन मन्त्रालय र घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

शपथपछि मन्त्रीहरूले आजैदेखि पदभार सम्हाल्ने भएका छन् । कार्यक्रममा प्रधानमन्त्री कार्की, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस !