१९ मंसिर २०८२, शुक्रबार

जेनजी आन्दोलनका घटनाबारे छानबिन आयोग गठन हुँदै

प्रकाशित मिति :  21 September, 2025 11:32 am


काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारले आयोग गठन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति गरिसकेकोमा आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा आयोग गठन गर्ने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार आयोग पूर्वन्यायाधीशको नेतृत्वमा रहनेछ। तर कसको नेतृत्वमा आयोग गठन हुने भन्नेबारे भने अहिलेसम्म टुंगो लागेको छैन ।

भदौ २३ गतेको प्रदर्शनका क्रममा काठमाडौँमा मात्र १७ जनाको ज्यान गएको थियो भने देशभर मृतक संख्या अहिले ७४ पुगेको छ । भदौ २४ मा सर्वोच्च अदालत, सिंहदरबार, सरकारी कार्यालय र नेताहरूका निजी निवासमा आगजनी भएका थिए ।

यी घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तयारी सरकारले गरेको छ । जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो ।



प्रतिक्रिया दिनुहोस !