१९ मंसिर २०८२, शुक्रबार

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

प्रकाशित मिति :  22 September, 2025 3:31 pm


कामाडाैँ । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मन्त्री बन्नेमा पत्रकार जगदीश खरेल सञ्चार तथा सुचना प्रविधि, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा उद्योग, कानुन र भुमि व्यवस्था मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि र डा. मदन प्रसाद परियार कृषि मन्त्री रहेका छन् ।

यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !