१९ मंसिर २०८२, शुक्रबार

रास्वपा केन्द्रिय समितिको बैठक सुरू : प्रतिनिधि सभा सदस्य निर्वाचनबारे रणनीति बनाउने

प्रकाशित मिति :  23 September, 2025 11:23 am


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान ९ बजेदेखि पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकको सुरुवातमा जेन—जी आन्दोलनमा ज्यान गुमाउने शहीदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

बैठकमा समसामयिक अवस्था र बैठकबारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट) गरिने झाले बताए ।

प्रवक्ता झाका अनुसार बैठकमा परिवर्तित अवस्थामा केन्द्रिय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीतिकाे साथै पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !