१९ मंसिर २०८२, शुक्रबार

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

प्रकाशित मिति :  24 September, 2025 11:35 am


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको बैठक आज दिउँसो १ बजेबाट निरन्तरता पाउने प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार हिजोको बैठकमा ६ प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आज पनि सदस्यहरूले धारणा राख्नेक्रम जारी रहनेछ र त्यसपछि सम्बन्धित पदाधिकारीहरूले जवाफ दिने कार्यक्रम रहनेछ । प्रवक्ता झाका अनुसार करिब १० सदस्य र पदाधिकारीले अझै बोल्न बाँकी छ ।

बैठकमा पार्टीको महाधिवेशन, परिवर्तित अवस्था, संगठन र विभागीय संरचना, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति लगायत सात एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !