१९ मंसिर २०८२, शुक्रबार

नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन

प्रकाशित मिति :  25 September, 2025 4:02 pm


काठमाडाैँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीवार आयोगमा निवेदन दिएको जानकारी दिएका हुन् । उनकाअनुसार सो पार्टीको दर्ता नम्बर ४७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने छ ।

नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुकका बिचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उनले बताए । देशभक्ति, नागरिकतन्त्र एवं प्रगतिशिलताको सिद्धान्तमा विश्वास भएका नागरिकहरू भेला भएर एक मूलधारको राजनितिक दल स्थापना गरिएको उनको भनाइ छ । 

राजनीति सिद्धान्तनिष्ट हुनुपर्ने उल्लेख गर्दै उनले राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैले पाउन नहुने बताए । २१ औँ शताब्दीमा गरिबी सह्य हुन नसक्ने पनि उनको भनाइ छ । राजनीति संविधानवादको सीमानाभित्र बाँधिनुपर्ने आफूहरूको मान्यता रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !