१९ मंसिर २०८२, शुक्रबार

जेन-जी आन्दोलनपछि एमाले सचिवालय बैठक बस्दै : पार्टी नेतृत्वमाथि उठेका सवालमा समीक्षा हुने

प्रकाशित मिति :  28 September, 2025 8:47 am


एमाले सचिवालय बैठक काठमाडौँ, ४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक बस्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर, गुण्डुमा बस्दैछ । जेनजी युवा आन्दोलनपछि एमालेले पहिलोपटक बोलाएको यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

बैठकमा आन्दोलनमा भएको जनधनको क्षति, तत्कालीन एमाले नेतृत्वको भूमिका र आगामी राजनीतिक बाटोबारे विस्तृत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार पछिल्ला घटनाक्रमबारे गहन समीक्षा गरी आवश्यक निर्णय लिने तयारी गरिएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो भने सरकारी तथा निजी सम्पत्तिसहित खर्बौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । सो घटनापछि एमाले नेतृत्व विशेषगरी तत्कालीन प्रधानमन्त्री एवम् अध्यक्ष ओलीमाथि प्रश्न उठिरहेका छन् ।

संविधान दिवसका दिन ओलीले विज्ञप्ति जारी गरी “आन्दोलनमा ताकीताकी गोली चलाउन आदेश दिएको होइन” भन्दै, प्रहरीले प्रयोग गर्ने बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए ।

आजको बैठकमा पार्टी नेतृत्वमाथि आएको आलोचना, आन्दोलनपछिको राजनीतिक संकट र एमालेको आगामी रणनीति स्पष्ट हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !