१२ श्रावण २०८१, शनिबार

आचारसंहिताको पूर्ण पालना गराउन कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

प्रकाशित मिति :  15 November, 2019 8:41 pm


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ।

नेपाली कांग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी सो उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भीर ध्यानाकर्षण गराएको हो।

काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका कांग्रेस नेता एवम् सो अनुगमन समितिका संयोजक रमेश लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनौटका लागि भईरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरेका थिए।

त्यसैगरी कांग्रेस अनुगमन समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रभावित हुने गरी मतदाताहरुलाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरुले विकास, निर्माणका योजनाहरु छनौट गर्ने गरेको दावी गर्दै त्यस्ता निर्वाचन आचारसंहिता विपरितका गतिविधि पनि तत्काल रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।



प्रतिक्रिया दिनुहोस !