एमाले महासचिव पोखरेलको आग्रह : सतर्क रहौं, विपद् व्यवस्थापनमा एकजुट बनौं
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशभर भइरहेको अविरल वर्षा र सम्भावित विपद्का कारण जनसुरक्षालाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
मौसम पूर्वानुमान अनुसार देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेकाले उनले सबै नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित क्षेत्रमा सर्न आग्रह गरेका हुन् ।
“यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपंक्तिमा रहनुपर्छ,” महासचिव पोखरेलले भने, “बाढी, पहिरो र डुवानबाट प्रभावितलाई तत्काल सहयोग र उद्धारमा जुट्न तयार रहौं।”
उनले विशेषगरी स्थानीय पार्टी कमिटीहरूलाई सक्रिय रहँदै राज्यका सरोकारवाला निकायहरूसँग सहकार्य गर्न निर्देशन दिएका छन्।
साथै विपद् व्यवस्थापनमा परस्पर सहयोग र एकताको भावना मार्फत सहभागिता जनाउन सम्पूर्ण जनतालाई आह्वान गएका छन्।
पोखरेलले यस्तो कठिन घडीमा सचेतना, संयम र सहकार्य नै सबैभन्दा प्रभावकारी उपाय भएको भन्दै सबैलाई सचेत रहन अनुरोध गरेका हुन् ।








