१९ मंसिर २०८२, शुक्रबार

अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि एमाले सचिवालय बैठक स्थगित

प्रकाशित मिति :  11 October, 2025 11:04 am


काठमाडाैँ । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको छ । उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार रातिसम्म आठ घण्टाभन्दा बढी बैठक चलेपछि अध्यक्ष ओली थकित भएका थिए, जसका कारण आजको बैठक स्थगित गरिएको हो ।

रिमालले भने, “अध्यक्ष ओलीलाई विश्राम आवश्यक भएकाले आज आराम गर्ने निर्णय गरिएको छ, बैठक भोलि बिहान ११ बजेदेखि पुनः बस्नेछ ।” शुक्रबारको बैठकमा संगठनात्मक विषय र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !