एमाले सचिवालय बैठक आज : महाधिवेशन तयारीमा केन्द्रित छलफल हुने
प्रकाशित मिति : 12 October, 2025 7:56 am
काठमाडाैँ । नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बिहान ११ बजे बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारका लागि तय गरिएको बैठक स्थगित भएको थियो ।
आजको बैठकमा पार्टी महाधिवेशन छिट्टै आयोजना गर्ने तयारी, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकले महाधिवेशनमार्फत पार्टीभित्र उठेका सबै प्रश्नहरूको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।
आजको बैठकमा त्यही निष्कर्षलाई कार्यान्वयनका ठोस एजेण्डामा रूपान्तरण गर्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।








