१९ मंसिर २०८२, शुक्रबार

नेकपा (बहुमत) पार्टीका १६ जनाले पार्टी छोडे

प्रकाशित मिति :  12 October, 2025 4:46 pm


काठमाडौँ । नेकपा (बहुमत) पार्टीका १६ जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै १६ जनाले पार्टी छाडेको घोषणा गरेका हुन् । नेकपा बहुमत छोड्नेमा पोलिटब्युरो सदस्य पल बहादुर रावत,पूर्ण रसाइली, हरिस दयाल, किरण जोशी,सुरेन्द्र कार्की, केन्द्रीय सदस्यहरू माधव घिमिरे,दर्शन नेपाली,हरि श्रेष्ठ, शरद रसाइली छन् ।

यस्तै बद्री अधिकारी, आशिष चौधरी, रेखा चौहान,अर्जुन मण्डल,राजीव तामाङ, पार्वती सिंह र नेत्र रानाभाट पनि पार्टी छोड्नेको सूचीमा छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “यही गम्भीरता र जिम्मेवारीवोधलाई मध्यनजर गर्दै विगतदेखि क्रियाशील रहँदै आएको पार्टी नेकपा (बहुमत) बाट आजकै मितिदेखि स्वतन्त्र भई अर्को अभियानको प्रारम्भ गर्ने घोषणा गर्दछौँ ।”



प्रतिक्रिया दिनुहोस !