१९ मंसिर २०८२, शुक्रबार

कांग्रेसको कार्यवाहक सभापतिकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाई

प्रकाशित मिति :  14 October, 2025 3:25 pm


काठमाडौँ । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा पार्टी सञ्चालनका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले देउवाले सम्बोधन गरेलगत्तै बैठक स्थगित भएको र अब पर्सि बस्ने बैठकको अध्यक्षता खड्काले गर्ने जानकारी दिए । देउवा हाल स्वास्थ्य उपचारका लागि विदेश जाने तयारीमा रहेका छन् ।

गत भदौ २४ गतेको “जेन–जी आन्दोलन” पछि देउवा पहिलोपटक सार्वजनिक रूपमा पार्टी कार्यक्रममा सहभागी भएका हुन् । बैठकमा हालैको राजनीतिक परिस्थिति, आन्दोलनपश्चात् उत्पन्न अवस्थाबारे पार्टीको भूमिका, आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा पनि छलफल भएको कांग्रेस स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !