सभामुख घिमिरेको अडान : लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि जे गर्नुपर्छ गर्छु
प्रकाशित मिति : 15 October, 2025 1:53 pm
काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधानको रक्षा आफ्नो प्रमुख दायित्व भएको बताउँदै आवश्यक सबै कदम चाल्ने बताएका छन् ।
बुधबार सिंहदरबारस्थित कार्यकक्षमा आयोजित सर्वदलीय बैठकमा सभामुख घिमिरेले जेन–जी आन्दोलनपछि गरिएको संसद् विघटनबारे दलका नेताहरूका धारणा सुनेपछि भने, “लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले जे गर्नुपर्छ, गर्छु।”
उनका अनुसार बैठकमा प्राप्त सुझावका विषयमा गम्भीर मनन भइरहेको छ र अझ थप छलफलका लागि कानुन व्यवसायीहरूसँग परामर्श सुरु भइसकेको छ। विहीबार पूर्वमहान्यायाधिवक्ता, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग पनि छलफल गर्ने तयारी छ।
बैठकमा सहभागी नेतामध्ये नेकपा (एमाले)ले संसद् पुनर्स्थापनाको अडान राखेको थियो भने अन्य दलहरूले आगामी निर्वाचनको तयारीमा जोड दिएका थिए।








