१९ मंसिर २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति :  17 October, 2025 8:50 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने तय गरिएको छ ।

यो बैठक असोज २८ गतेदेखि निरन्तर जारी छ । पहिलो दिन सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिँदै अनुपस्थित भएपछि बैठकको नेतृत्व खड्काले गर्दै आएका छन् ।

बुधबार (२९ गते) बैठक स्थगित भए पनि बिहीबार पुनः बसेको दोस्रो बैठकमा सात जना नेताहरूले आफ्नो धारणा राखेका थिए। अधिकांश नेताहरूले पार्टीलाई संस्थागत बाटोमा अघि बढाउँदै अब नियमित महाधिवेशनको तयारीमा जोड दिनुपर्ने मत व्यक्त गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले संगठन सुदृढीकरण, आन्तरिक एकता र भावी राजनीतिक रणनीतिबारे पनि सुझाव दिएका छन्। आजको बैठकमा थप नेताहरूले बोल्ने कार्यक्रम छ।

पार्टी नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने र महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको वातावरण बनाउनुपर्ने आवाज बढ्दै गएको कारण आजको बैठक विशेष रूपमा ‘दिशा तय गर्ने’ सत्रका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !