१९ मंसिर २०८२, शुक्रबार

समृद्धि र सुशासनको आधार सुदृढ आन्तरिक सुरक्षा हो- गृहमन्त्री अर्याल

प्रकाशित मिति :  17 October, 2025 11:13 am


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समृद्धि र सुशासनको आधारस्तम्भ सुदृढ आन्तरिक सुरक्षा भएको बताएका छन् ।

७०औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले अभाव, प्रभाव र दबाबका बावजुद विभिन्न कालखण्डमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

भदौ २३ र २४ गतेका घटनामा प्रहरी जवानहरूले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री अर्यालले जेन जेडी आन्दोलनका क्रममा भएका क्षतिले केवल प्रहरी संस्थामात्र नभई सम्पूर्ण नागरिक जीवनमा असर पारेको बताए ।

उनले भने, “पछिल्लो समय प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन्, जसका कारण अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएका छन् ।”

गृहमन्त्री अर्यालले आवश्यक साधन–स्रोतका माध्यमबाट नेपाल प्रहरीलाई अझ सक्षम र प्रविधिमैत्री बनाउन गृहमन्त्रालय सदैव तत्पर रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !