एमाले अध्यक्ष ओलीको संदेश : सांस्कृतिक विविधता रक्षा गरी राष्ट्र एकतामा मजबुत बनाऔं
प्रकाशित मिति : 22 October, 2025 11:13 am
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४६ को अवसरमा राष्ट्रमाथि खडा चुनौती सामना गर्न सबै नेपालीलाई एकजुट हुन अपिल गरेका छन् ।
शुभकामना सन्देशमा उनले सांस्कृतिक विविधता र मौलिकतालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनु आवश्यक रहेको बताए । उनले भनेका छन्, “हाम्रो स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो। विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं ।”
ओलीको भनाइ अनुसार, राष्ट्रिय एकता र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेर मात्र राष्ट्रमाथि खडा चुनौती पार गर्न सकिन्छ ।








