१५ माघ २०८२, बिहिबार

जेन–जी समुदायको माग पूरा गर्न माइतीघरमा शान्तिपूर्ण आन्दोलन

प्रकाशित मिति :  24 October, 2025 1:22 pm


काठमाडौँ । जेन–जी समुदायका सदस्यहरूले आफ्ना अधिकार र मागहरूका पक्षमा शुक्रबार पनि राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका छन्।

आन्दोलनमा सहभागी युवाहरूले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा आफ्नो आवाज सुन्न आग्रह गर्दै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका थिए। उनीहरूले सरकारसँग आफ्नो मागहरू तत्काल सम्बोधन गर्न आग्रह गर्दै निरन्तर दबाब सिर्जना गरिरहेको बताएका छन्।

लगातार तेस्रो दिनसम्म जारी आन्दोलनमा सहभागीहरूले शान्तिपूर्ण तरिकाले अभिव्यक्ति दिँदै समान अवसर, प्रतिनिधित्व र पहिचानको सम्मान सुनिश्चित गर्न माग गरेका छन् ।

प्रहरी उपस्थितिमा शान्तिपूर्णरूपमा सम्पन्न भएको उक्त प्रदर्शनमा जेन–जी समुदायका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !