१९ मंसिर २०८२, शुक्रबार

विगतका कमीकमजोरी स्वीकार्दै काँग्रेस अघि बढ्छ-कार्यवाहक सभापति खड्का

प्रकाशित मिति :  27 October, 2025 3:46 pm


काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार्दै अघि बढ्ने बताएका छन् ।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले पार्टीले संविधान र सार्वभौमसत्ता नेपाली जनताको अधिकारको रक्षा गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरे ।

कार्यवाहक सभापति खड्काले केन्द्रिय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको भरोसा कायम राख्ने निर्णय लिने जानकारी दिए । उनले युवाहरूलाई संयमित भएर अगाडि बढेर मुलुकलाई संकटबाट निकास दिन आह्वान गरे ।

उनले भने, “हाम्रा विगतका कमीकमजोरी स्वीकार्छौं। नेपाली काँग्रेस संविधान र परिवर्तनको रक्षाका लागि वृहत एकतासहित अघि बढ्छ। यसले नेपाली जनतामा, समाजमा र राजनीतिक दलहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमताको सन्देश दिन्छ।”

कार्यवाहक सभापति खड्काले राष्ट्रपतिले खेलेको भूमिकालाई पनि उल्लेखनीय भन्दै मुलुकलाई संकटबाट मुक्त गर्न उहाँको योगदानको प्रशंसा गरे।



प्रतिक्रिया दिनुहोस !