१९ मंसिर २०८२, शुक्रबार

निर्वाचन तयारी : प्रधानमन्त्री कार्कीको आह्वानमा आज त्रिपक्षीय छलफल

प्रकाशित मिति :  29 October, 2025 12:00 pm


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय छलफल हुँदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे निर्धारण गरिएको बैठकमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रतिनिधि, मन्त्रीहरु तथा जेनजी समूहका अगुवा सहभागी हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्री खरेलका अनुसार आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सफल बनाउन सरकार चरणबद्ध वार्ता र छलफलको प्रक्रिया अघि बढाइरहेको छ । सो क्रममा आजको बैठकले निर्वाचनको समग्र वातावरण निर्माणमा ठोस सहमति र सहकार्यको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।

सरकारले हाल राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षहरूसँग औपचारिक तथा अनौपचारिक रुपमा निरन्तर परामर्श र संवाद गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !