१९ मंसिर २०८२, शुक्रबार

अध्यक्ष नेपाललाई पद छोड्न नेतृ झाँक्रीको दबाब

प्रकाशित मिति :  29 October, 2025 12:19 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पद छोडी नयाँ नेतृत्वलाई अवसर दिन आग्रह गर्नुभएको छ ।

झाँक्रीले सामाजिक सञ्जालमार्फत जेन–जी पुस्ताको भावना अनुसार नेतृत्व पुस्तान्तरणको समय आएको बताउँदै अध्यक्ष नेपाललाई सम्मानजनक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न दबाब दिएकी हुन् ।

उनले ५३६ जनाको समर्थन रहेको दाबी गर्दै लेखेकी छिन्, “पार्टीभित्र नेतृत्वले अभिभावकको भूमिका निभाउँदै पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजना अघि बढाउन जरुरी छ ।”

झाँक्रीका अनुसार आम नागरिक र विशेषगरी जेन–जी पुस्ताले उठाएका विषयहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न नयाँ ऊर्जासहितको नेतृत्व अपरिहार्य भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !